


काठमाडौं,३१असार। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति गठन गरेको छ।
प्रधानमन्त्रीको ओली स्पेन भ्रमणमा असम्बन्धित व्यक्ति समेत गएको विवाद पछि गृहमन्त्री रमेश लेखकले सरकारी प्रतिनिधिमण्डल बाहेकका व्यक्तिहरुको सहभागिताका विषयमा छानबिन गर्न निर्देशन दिएका थिए।

जसपश्चात ब्यूरोका एसएसपी होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसपी रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति गठन गरिएको हो।
ब्यूरोका प्रमुख एआईजी चन्द्रकुवेर खापुङका अनुसार सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।

