


काठमाडौं,४साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई दिने भ्रमणको निमन्त्रणा पठाएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली सेप्टेम्बर १६ तारिख नयाँ दिल्ली गएर १७ तारिख स्वदेश फर्कनेछन् ।

०८१ असार ३० गते प्रधानमन्त्री बनेका ओली यसअघि नै भारत भ्रमणमा जान चाहे पनि भारतले निमन्त्रणा गर्न ढिलाइ गर्दा भ्रमण हुन सकेको थिएन ।
छिमेकी मुलुकमा नयाँ सरकार बनेसँगै भारतीय प्रधानमन्त्रीले समकक्षी प्रधानमन्त्रीलाई भ्रमणको निम्तो दिने प्रचलन छ । तर, नेपालको चुच्चे नक्सा लगायत विषयमा प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको भारतले ओलीको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि लग्त्तै निमन्त्रण पठाएको थिएन ।

