


भैरहवा, ४ साउन। रुपन्देही प्रहरीले मोटरसाइकलको चोरीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रोहिणी गाउँपालिका-२ का २५ वर्षीय अमरनाथ गुप्ता, सोही पालिका-३ का १८ वर्षीय राम सतिश गुप्ता र ओमसतिया गाउँपालिका-५ का २० वर्षीय कलिम अन्सारी रहेको प्रहरीले जनाएको छ ।

गत शुक्रवार (साउन २ गते) भैरहवाको पवन मिष्ठान्न भण्डार अगाडि पार्किङमा राखिएको लु ५६ प ८०३२ नम्बरको मोटरसाइकल चोरी भएपछि वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरिक्षक नेत्र बुढाको कमाण्डमा खटिएको टोलीले तीन जनालाई पक्राउ गरेको हो।
तीन जना युवाहरुलाई चोरिएको मोटरसाइकलसहित रोहिणी गाउँपालिका-२ बाट पक्राउ गरिएको रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीले बताए ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको उनले बताए।

