
सर्लाही,७ साउन।सर्लाहीको गोडैता नगरपालिका–८ मा एकै रातमा चारवटा घरमा सुरुङ खनेर चोरी गरिएको छ ।
स्थानीय जोगी मण्डल खत्वे, सफी महम्मद दर्जी, रहमत दर्जी र पीर मिहम्मद मन्सुरको घरमा अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको छ ।घरको माटो खनी सुरुङ बनाएर घरमा नगद, गरगहना र अन्य सामग्री चोरी गरिएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जोगी मण्डलको घरबाट दुई थान मोबाइल र नगद ३५ हजार रुपैयाँ, सफी महम्मद दर्जीको घरबाट भारु १० हजार नगद चोरी भएको छ ।
त्यस्तै रहमत दर्जीको घरबाट एक थान मोबाइल, नगद २ हजार रुपैयाँ चोरी र पीर मिहम्मद मन्सुरको घरबाट लत्ता–कपडा, नगद ५ लाख ६ हजार रुपैयाँ, गरगहना समेत चोरले लगेको पीडितले बताएका छन् ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको छ ।

