


भैरहवा,११ साउन। लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सन्तोष पाण्डेय मन्त्री नियुक्त भएका छन् ।
उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् ।

उनको शपथग्रहण भोलि सोमबार दिउँसो ३ बजे हुने बताईएको छ। आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीका अनुसार पाण्डेयलाई मन्त्री नियुक्त गरिएको जानकारी इमेलमार्फत प्रदेश प्रमुखको कार्यालयलाई गराईएको छ।
प्रदेशम तीन सांसद रहेको लोसपामा पाण्डेय संसदीय दलका नेता थिए ।
कमेन्ट गर्नुस्

