Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीको सामाजिक विकास मन्त्रालयको कार्यसम्पादनमा उल्लेखनीय सुधार
    प्रमुख समाचार

    लुम्बिनीको सामाजिक विकास मन्त्रालयको कार्यसम्पादनमा उल्लेखनीय सुधार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण १२, सोमबार १५:२२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,१२ साउन। लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको छ। विगतका आर्थिक बर्षहरुको तुलनामा आर्थिक बर्ष २०८१/०८२ मा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको हो। मन्त्रालयले शिक्षाको गुणस्तर सुधारमा पनि लागेको देखिएको छ।

    मन्त्री जन्मजय तिमिल्सिनाले अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको एसईई परीक्षाको नतिजामा उपलब्धि हासिल गर्न सकिएकोमा खुसी व्यक्त गरे। उनले चालु आर्थिक वर्षमा सामुदायिक विद्यालयका शिक्षकलाई अझ जिम्मेवार र विद्यार्थीलाई थप मिहिनेती बनाउने उद्देश्यका साथ शैक्षिक कार्यक्रम र योजनाहरु ल्याइएको बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    विगतका अनुभवलाई आधार मानेर भविष्यका लागि परिपक्व योजना बनाइएको र बजेटको दुरुपयोग नियन्त्रण गरी योजनाहरुलाई मितव्ययी र पारदर्शी बनाइने उनको भनाई छ।

    त्यस्तै विगतका आर्थिक वर्षहरुको तुलनामा मन्त्रालयले खर्च दक्षता र योजना कार्यान्वयनमा प्रगति हासिल गरेको हो। उनका अनुसार, मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा गत आर्थिक वर्षमा ८ प्रतिशतले खर्चमा सुधार गरेको छ । जसले कामलाई थप चुस्त, दिगो, पारदर्शी र परिणाममुखी बनाएको छ।

    भैरहवामा आयोजित आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित कार्यक्रमको समीक्षा सहितको पत्रकार भेटघाट कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार मन्त्रालयले चालु र पुँजीगत दुवै खर्चमा वृद्धि गरेको छ। अघिल्लो वर्ष कुल बजेटको ६१.५ प्रतिशत खर्च गरेकोमा आर्थिक वर्ष २०८१/०८२ मा ६९.१ प्रतिशत खर्च गर्न सफल भएको छ। मन्त्रालयका उपसचिव रामहरि रिजालका अनुसार, चालु खर्च ७१.७ प्रतिशत (अघिल्लो वर्ष ६४.३ प्रतिशत) र पुँजीगत खर्च ६५.२ प्रतिशत (अघिल्लो वर्ष ४९.५ प्रतिशत) पुगेको छ।

    मन्त्री तिमिल्सिनाले आफूले कार्यभार सम्हाल्दा खर्च प्रगति १० प्रतिशतभन्दा कम रहेको र योजनाबद्ध कामले खर्चमा सुधार आएको बताए। उनले कार्यसम्पादनमा चुस्तता, पारदर्शिता र गुणस्तर कायम गर्न आवश्यक ऐन, नियम र कार्यविधिहरु पनि तर्जुमा गरिएको जानकारी दिए।

    मन्त्रालयको तथ्यांकअनुसार, अघिल्लो वर्ष सञ्चालित कुल ४१९ आयोजनामध्ये २८३ वटा सम्पन्न भएका थिए भने ११४ वटा चालु अवस्थामा थिए र २२ वटाको काम हुन सकेको थिएन। आर्थिक वर्ष २०८१/०८२ मा भने ९५७ वटा आयोजनामध्ये ५२६ वटा सम्पन्न भइसकेका छन्। ३४८ वटा चालु अवस्थामा र ८३ वटा आयोजनाको काम हुन बाँकी छ।

    मन्त्रालयका सचिव बसन्तप्रसाद कोइरालाले आर्थिक वर्ष २०८१/०८२ मा लुम्बिनी प्रदेशका विद्यालयहरुको संरचना सुधारका लागि महत्वपूर्ण कार्यहरु भएको बताए। यस अवधिमा ३९० वटा नयाँ कक्षा कोठा (भवन) निर्माण, ५० वटा शौचालय निर्माण, ८२ वटा विद्यालय भवन मर्मत, १२ वटा सूचना प्रविधि ल्याब स्थापना, ११ वटा विज्ञान प्रयोगशाला निर्माण र ४ वटा पुस्तकालय भवन निर्माण गरिएको छ।

    उनका अनुसार, गत वर्ष लुम्बिनी प्रदेशका मन्त्रालयहरुमध्ये बजेट खर्च गर्नेमा सामाजिक विकास मन्त्रालय चौथो स्थानमा रहेको छ। आगामी वर्ष मन्त्रालयले आफ्ना कामहरुलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सामाजिक विकास मन्त्रालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करी: दुई भारतीय पक्राउ

    २०८३ कार्तिक १२, बुधबार १३:१५ गते

    कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    २०८३ कार्तिक १२, बुधबार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.