Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » १५ बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय गोष्ठी
    प्रमुख समाचार

    १५ बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय गोष्ठी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण १३, मंगलवार १५:४३ गते
    advertisement
    advertisement
    advertisement

    लुम्बिनी, १३ साउन। दीगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति विषयक लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउण्डेशन, भारतीय राजदूतावासको सहकार्यमा भएको गोष्ठीमा नेपाल र भारतका कुटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारी तथा बौद्ध विद्वानहरुको सहभागीता थियो ।

    गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति कुटनीति विस्तारमा जोड दिएको छ । लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रुपमा विकास गर्ने घोषणा गोष्ठीमार्फत गरिएको छ । विश्वका संघर्षग्रस्त संवेदनशील क्षेत्रहरूमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्रहरु स्थापना गर्नुपर्ने गोष्ठीबाट निष्कर्ष निकालिएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    प्रकृतिप्रति करुणा र अन्तरनिर्भरता सम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवद्र्धन गर्ने, कूटनीतिज्ञहरुका लागि माइन्डफुलनेस आधारित तालिम कार्यक्रम सुरु गर्नुपर्ने गोष्ठीबाट घोषणा गरिएको छ। जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरुको धारणा छ ।

    त्यस्तै बौद्ध मूल्य र नैतिक सिद्धान्तहरुसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलहरुमा एकीकृत शान्ति पर्यटनलाई प्रवद्र्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने विज्ञहरुले निष्कर्ष निकालेका छन् ।

    बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागीतामा अन्तर्राष्ट्रिय बौद्ध शान्ति संस्थाहरु निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान, तथा ध्यान निर्देशित गर्ने उपकरणहरूसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीहरुको विकासलाई प्रवद्र्धन गर्नुपर्ने गोष्ठीबाट जोड दिइएको छ ।

    ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकांक’ स्थापना गरी बौद्ध मूल्यहरुमा आधारित शान्ति सूचकहरुको मूल्यांकन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वविद्यालयहरु र सरकारी निकायहरुसँग सहकार्यमा बौद्ध भिक्षु थिंक ट्यांकहरु गठन गरी वैश्विक संकटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने गोष्ठीले घोषणा गरेको छ । ‘लुम्बिनी अन्तर्राष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ हरेक वर्ष गर्ने, अन्तर्राष्ट्रिय कानून र द्वन्द्व समाधानका लागि बौद्ध कानूनी दर्शनको अध्ययन र प्रयोग प्रवद्र्धन गर्ने घोषणा गरिएको छ ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रको रुपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना, र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थाहरुसँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ ।

    गोष्ठीमा बुद्ध शिक्षा र विश्व कुटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा गोष्ठी भएको थियो । गोष्ठीमा कुटनीतिक एवं पूर्वराजदुत प्रा.डा. लोकराज बराल, भारतका पूर्व राजदूत डा. अमरेन्द्र खटुवा, पूर्व राजदूत रुचि घनश्याम, पूर्व राजदूत टंक कार्की लगायतका विज्ञहरुले धारणा राखेका थिए । कार्यक्रममा ५८ जना विद्वानहरुले एजेण्डमा रहेर छलफल गरेका थिए । दुई दिनसम्म चलेको गोष्ठीमा पूर्व राजदूत, विश्वविद्यालयका उपकुलपतिहरु, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले आगामी वर्षहरुमा पनि गोष्ठीलाई निरन्तरता दिने जनाउदै सेमिनार सम्पन्न गरेका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा. माणिकरत्न शाक्यले घोषणा–पत्र सुनाएका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    बौद्ध शिक्षा भारतीय राजदूतावास लुम्बिनी लुम्बिनी बौद्ध विश्वविद्यालय साउथ एसिया फाउण्डेशन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    अमेरिकाबाट कुरियरमार्फत गाँजा तस्करी: दुई भारतीय पक्राउ

    २०८३ कार्तिक १२, बुधबार १३:१५ गते

    कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    २०८३ कार्तिक १२, बुधबार १३:०७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.