Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवाको मार्गदर्शन सहकारीका फरार अध्यक्ष भक्तपुरबाट समातिए (प्रतिवादीहरुको सूचीसहित)
    अर्थ

    भैरहवाको मार्गदर्शन सहकारीका फरार अध्यक्ष भक्तपुरबाट समातिए (प्रतिवादीहरुको सूचीसहित)

    सिद्धार्थनगरका ४, तिलोत्तमाका ९, सियारीका १ सहित २३ जना प्रतिवादी
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ श्रावण १५, बिहीबार १४:३९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १५ साउन। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार रहेका सहकारीका अध्यक्ष अशोक केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

    अध्यक्ष केसी समेतले उक्त सहकारीका शेयरधनी तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार बढी रुपैयाँ हिनामिना गरेको आरोप छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सहकारीका शेयर धनी तथा बचतकर्ता रकम हिनामिना भएपछि प्रहरीले सहकारी ठगी तथा ठगी सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो ।

    फरार रहेका दोलखा मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय अध्यक्ष केसीविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएपश्चात बुधवार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरी भैरहवा ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले बताए ।

    उनका अनुसार पक्राउ परेका अध्यक्ष केसीलाई अदालतमा पेश गरिएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिकाका धनमन थारु समेतको जाहेरीले प्रहरीले २३ जनाविरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देही प्रहरीले गत बैशाख ३० गते अदालतमा मुद्दा दायर गरेको थियो ।

    जिल्ला सरकारी वकिल मार्फत रुपन्देही प्रहरीले अदालतमा दायर गरेको मुद्दामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ४ जना, तिलोत्तमा नगरपालिकाका ९ जना, सियारी गाउँपालिकाका एक जना, रामेछापका दुई जना र दोलखा, धनकुटा, तनहुँ, भक्तपुर, गुल्मी, काभ्रेपलान्चोक, चितवनका एक÷एक जना प्रतिवादी छन् ।

    अदालतले विशेष मार्ग मुद्दाको रुपमा सुनुवाई गरिरहेको छ । जिल्ला अदालत रुपन्देहीको वेभसाइटमा उल्लेख भएअनुसार मुद्दाको गत असार १९ गते, साउन ११ गते र साउन १५ गते गरी ३ पटक पूरक पेशी चढेको थियो । जसमध्ये असार १९ गते र साउन ११ गतेको पूरक पेशीमा प्रतिवादीहरुसँग धरौटी माग गर्ने आदेश भएको थियो ।

    यी हुन् मुद्दाका प्रतिवादीहरु:

    १) अशोक के.सी, मेलुङ गाउँपालिका–६, दोलखा

    २) अञ्जु भण्डारी, सिद्धार्थनगर नगरपालिका–३, रुपन्देही

    ३) मोहिनी थापा, सिद्धार्थनगर नगरपालिका–९, रुपन्देही

    ४) जय शंकर मौर्या, सिद्धार्थनगर नगरपालिका–१०, रुपन्देही

    ५) सिताराम केवट, सिद्धार्थनगर नगरपालिका–३, रुपन्देही

    ६) बसन्त पन्थी, तिलोत्तमा नगरपालिका–५, रुपन्देही

    ७) मालिका भट्टराई, तिलोत्तमा नगरपालिका–१, रुपन्देही

    ८) लेखनाथ न्यौपाने, तिलोत्तमा नगरपालिका–५, रुपन्देही

    ९) प्रकाश भुषाल, तिलोत्तमा नगरपालिका–८, रुपन्देही

    १०) तुल्सा पाण्डे, तिलोत्तमा नगरपालिका–१, रुपन्देही

    ११) विपिन पौडेल , तिलोत्तमा नगरपालिका–१, रुपन्देही

    १२) मनिष गुरुङ , तिलोत्तमा नगरपालिका–२, रुपन्देही

    १३) पार्वती अर्याल, तिलोत्तमा नगरपालिका–१, रुपन्देही

    १४) विवेक बस्याल, तिलोत्तमा नगरपालिका–१७ ,रुपन्देही

    १५) रामलखन केवट, सियारी गाउँपालिका–१, रुपन्देही

    १६) चेत कुमारी लुंगेल, छथर जोरपाटी गाउँपालिका–७, धनकुटा

    १७) गुम बहादुर थापा, ऋषिङ्ग गाउँपालिका–२, तनहुँ

    १८) राम सुन्दर कार्की, सूर्यविनायक नगरपालिका–१०, भक्तपुर

    १९) रविन्द्र कुमार बोहरा, मन्थली नगरपालिका–९, रामेछाप

    २०) अभिलाषा घिमिरे बोहोरा, मन्थली नगरपालिका–९, रामेछाप

    २१) उमाकान्त भण्डारी, धुर्कोट गाउँपालिका–५, गुल्मी

    २२) प्रविन विक्रम चौलागाई, चौंरीदेउराली गाउँपालिका–५,काभ्रेपलान्चोक

    २३) रामहरि सिलवाल, राप्ती नगरपालिका–२, चितवन

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अपराध नेपाल प्रहरी भैरहवा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मार्गदर्शन सहकारी सहकारी ठगी
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.