
भैरहवा, १८ साउन। रुपन्देहीको सियारी गाउँपालिकामा सवारी दुर्घटना हुँदा बुवाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।
प्रहरीका अनुसार सियारी गाउँपालिका–७ भर्थापुरमा ना६प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा रुपन्देही मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

राममिलनका छोरा विनोद धवल गम्भीर घाइते छन्। टाउको, हात र खुट्टामा चोट लागेर घाइते भएका उनको भैरहवास्थित सिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

