
भैरहवा, २० साउन । रुपन्देही प्रहरीले बुटवलबाट ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको छ।
वडा प्रहरी कार्यालय बुटवलको टोलीले बुटवलको रामनगरस्थित पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ४५११ नम्बरको कन्टेनर चेकजाँच गर्दा बिल बिजक नभएको ठूलो परिमाणमा कपडा र जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रुपन्देहीका एसपी प्रदीप बहादुर क्षेत्रीका अनुसार नियन्त्रण्मा लिइएको कन्टेनरबाट जेन्स जुत्ता ३ सय ५८ जोर, लेडिज सुट ७ सय ५१ पिस, लेडिज टप्स २ हजार १ सय ७५ पिस बरामद भएको छ।
साथै, कन्टेनरका चालक रसुवाको कालिका गाउँपालिका–२ का २६ दावा बुलुन र सोही स्थानका सहचालक १६ वर्षीय राज तामाङलाई पक्राउ गरिएको उनले जनाए।
बरामद सामग्री, कन्टेनरको ५४ लाख ३० हजार मूल्यांकन गरी पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कार्यवाही लागि राजस्व अनुसन्धान कार्यालय बुटवललाई बुझाइएको प्रहरीले जनाएको छ।
त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाको टोलीले अंचलपुरबाट १ लाख ७ हजार मूल्य बराबरको एयर पोर्ड ४५ पिस, पावर बैंक ३१ पिस बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको छ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाको टोलीले बेलहिया बाइपासबाट १ लाख १० हजार मूल्य बराबरको थानको कपडा ७ थान, टेलरिङका कपडा २ बोरा र किराना सामग्री ४ बोरा बरामद गरी आवश्यक कार्यवाही भैरहवा भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

