


काठमाडौं,१२ भदौ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिफलमुखी आयोजनालाई प्राथमिकता दिने गरि योजना निर्माणको अभ्यासलाई सच्चाउन खोज्दा ठूलो चुनौती व्यहोर्नुपरेको बताएका हुन्।

बजेट निर्माणमा तीन करोडभन्दा साना योजना संघीय सरकारले कार्यान्वयन नगर्ने विषय लागू गर्न समेत चुनौती खडा भएको उनको भनाई छ।
उपप्रधानमन्त्री समेत रहेका पौडेलले विकासको आवश्यकताका आधारमा वैदेशिक सहयोग र सहुलियतपूर्ण ऋण परिचालन गर्नुपर्नेमा जोड दिए।
उनले विश्वव्यापी सन्दर्भ र परिस्थितिअनुसार अनुदानमुखी भएर अगाडि बढ्न नसकिने र मुलुकको विकासका लागि प्राप्त हुने सहुलियतपूर्ण ऋणलाई सही रुपमा परिचालन गर्नुपर्ने बताए।

