Close Menu
    What's Hot

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा नाकामा थप व्यवस्थित रुपमा ‘आईसिपी’ संचालन गरिने
    फोकस लुम्बिनी

    भैरहवा नाकामा थप व्यवस्थित रुपमा ‘आईसिपी’ संचालन गरिने

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ भाद्र १८, बुधबार १५:५६ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १८ भदौ । सुरक्षाको दृष्टिकोणले निकै संवेदनशील मानिने रुपन्देहीको बेलहिया (भैरहवा) नाकामा थप व्यवस्थित र प्रभावकारी रुपमा एकीकृत चेकजाँच बिन्दु (आईसिपी) संचालन गरिने भएको छ ।

    आईसिपी संचालनमा देखिएका चुनौतीहरु समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी रुपमा संचालनका लागि सरकारी निकायको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    रुपन्देहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पालामा भैरहवा नाका हुँदै नेपाल प्रवेश हुने पर्यटकहरुको सहजताका लागि नाकामा एकीकृत चेकजाँच बिन्दु स्थापना गरिएको थियो । जहाँ प्रवेश बिन्दुमै पर्यटक, गाडी, सामाग्री लगायतको आवश्यक सुरक्षा चेकजाँच गरी गाडीमा स्टिकर टाँस गरिएपछि जिल्लाको अन्यत्र स्थानमा पुनः चेकजाँच नहुने व्यवस्था मिलाइएको थियो ।

    तर, ठाउँठाउँमा सुरक्षा चेकजाँच गरेर पर्यटकलाई दुःख दिने गरेको, संघीय सरकारले चालु बजेट वक्तव्यमार्फत खारेज गरेको भारत हुँदै अस्थायी रुपमा मुलुक प्रवेश गर्ने सवारीसाधनधनीसँग प्रदेश सरकारले रुट इजाजत भन्दै राजस्व असुली गरेपछि स्थानीय व्यवसायी, जनप्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए ।

    यही आईसिपी संचालनका लागि जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चपाईँ, प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डे, सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खान, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतम, सुरक्षाका निकाय प्रमुखहरु लगायतको उपस्थितीमा बसेको बैठकले जिम्मेवारी बाँडफाँड गर्दै थप व्यवस्थित र प्रभावकारी आईसिपी व्यवस्थापनका लागि पाँच बुँदे निर्णय गरेको छ ।

    सरोकारवालाहरु निकायहरुले तोकिएको जिम्मेवारी र पूर्व तयारीका कार्य सम्पन्न गरेर अगामी असोज १ गते देखि थप व्यवस्थित र प्रभावकारी रुपमा आईसिपी संचालन गर्ने निर्णयमा उल्लेख छ ।

    ‘बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुको सहजताका लागि विभिन्न निर्णयहरु गरेका छौं’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भने, ‘बैठकले सबैको जिम्मेवारी बाँडफाँड गरेको छ र अब पर्यटकहरुले दुःख पाउँदैनन् ।’

    उनका अनुसार नाकामा सुरक्षा जाँच गरेर गाडीमा स्टिकर लगाइएपछि रुपन्देही जिल्लाको अन्यत्र ठाउँमा पुनः जाँच हुँदैन । हाललाई रुपन्देहीमा यो व्यवस्था भएपनि पर्यटकको सहजताका लागि अन्य जिल्लामा पनि समन्वय गरिने उनले बताए । नाकामा गाडी चेकजाँच भएतापनि प्रहरी सजग रहनुपर्ने सरोकारावालाहरुको सुझाव छ ।

    बैठकले प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयलले जनशक्ति, सबै चेकजाँच स्टिकर, अन्य निकायसँग समन्वय गर्ने र आवश्यकता अनुसार साधन स्रोत उपलब्ध गराउने निर्णय गरेको छ ।

    त्यस्तै जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षाको प्रबन्ध, अन्तर निकाय समन्वय र सहजिकरण, अनुगमन, मूल्यांकन र समन्वय गर्ने, सिद्धार्थनगर नगरपालिकाले पूर्वाधार चेकजाँच कक्षको निर्माण गर्ने, खानेपानी र सरसफाइको प्रबन्ध गर्ने, सीमा क्षेत्रको सौन्दर्यीकरण गर्ने, आवश्यकता अनुसार स्रोत साधन उपलब्ध गराउने, सुरक्षा निकालयहरुले चेकजाँच गरी स्टिकर जानी गर्ने, समन्वयात्मक रुपमा जनशक्ति उपलब्ध गराउने, अन्तर निकाय समन्वय र सहजीकरण गर्ने, भैरहवा भन्सार कार्यालयले भन्सार परिसरको सौन्दर्यीकरण, सेवाग्राही मैत्री संरचना निर्माण, अन्य निकायसँग समन्वय गर्ने निर्णय भएको छ ।

    यस्तै आईसिपीबाट प्रवाह गरिने सेवाका अनुगमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा ८ सदस्यीय (सरकारी कार्यालयका प्रतिनिधि) समिति गठन गरिएको छ ।

    समितिले अनुगमन गरी प्रदान गरेको आवश्यक पृष्ठपोषणका आधारमा आईसिपीलाई प्रभावकारी र व्यवस्थित रुपमा संचालन गर्न सरोकारवालाहरुको बैठकले थप निर्णय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एकीकृत चेकजाँच बिन्दु बेलहिया बेलहिया नाका भैरहवा नाका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.