


काठमाडौं,२० भदौ। सामाजिक संजाल निष्क्रिय बनाउने सरकारको निर्णयसँगै ग्राहक सेवा प्रभावित नहुन दिन नेपाल टेलिकमले भाइबर कम्युनिटी संचालनमा ल्याएको छ।
ग्राहकको जिज्ञासा र गुनासो सम्बोधनका लागि टेलिकमले फेसबुक जस्ता माध्यममार्फत समेत सेवा दिँदै आएको थियो। तर, सामाजिक सञ्जाल निष्क्रिय भएपछि टेलिकमले नयाँ विकल्पका रुपमा ‘Nepal Telecom Customer Care’ नामको भाइबर कम्युनिटी सञ्चालनमा ल्याएको जनाएको छ ।

टेलिकमका अनुसार ग्राहकले आफ्ना जिज्ञासा र गुनासाहरु अब ९७६५०११०८८ नम्बरमा उपलब्ध भाइबर कम्युनिटीमार्फत राख्न सक्नेछन्।

