
दाङ,२२ भदौ। जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका-१४, दामोदर चोकस्थित द ब्ल्याक क्याप रेस्टुरेन्टबाट जुवातास खेलिरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका-९, बेलुवाका हिमराज खड्कासहित १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।



जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ लाख ६० हजार ९ सय ४० रुपैयाँ नगद र १२ बुक ताससहित पक्राउ गरेको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।
कमेन्ट गर्नुस्