


काठमाडौं,२२ भदौ। नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) को प्रयोग नगर्न/नगराउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणमार्फत मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइसकेकाले सूचीकरण नभएका सञ्जालहरु नेपालभित्र निष्क्रिय भइसकेका छन्। यस्तो अवस्थामा असुरक्षित, अनाधिकृत र जोखिमयुक्त भीपीएन प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको हो।’

हालसम्म स्मार्ट आइडिया प्रालि (हाम्रो पात्रो) र ग्लोबल डायरी प्रालि सूचीकरण भइसकेका छन्। मन्त्रालयका अनुसार सामाजिक सञ्जाल ट्विटर (एक्स) र वीच्याटले आवश्यक विवरण माग गरेपछि सो जानकारी उपलब्ध गराएको मन्त्रालयले जनाएको छ।


