


काठमाडौं,२४ भदौ। सर्वोच्च अदालतमा पनि आगजनी भएको छ।
मंगलबार बिहानै देखि नेताका घर, कार्यालय, प्रहरी कार्यालय लगायतमा तोडफोड गर्दै आगजनी गरिरहेका प्रदर्शनकारीहरुले अपरान्ह सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् ।

यस्तै जिल्ला अदालत काठमाडौंमा पनि आगजनी गरिएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालेर आगजनी गरिएको छ। त्यस्तै विशेष अदालतका अदालतका दस्तावेज, कागजहरु पनि सडकमा फालेर अगाजनी गरिएको छ। अदालत परिसरमा रहेका सवारी साधनहरुमा पनि आगो लगाइएको छ।
कमेन्ट गर्नुस्

