
भैरहवा, २४ भदौ । रुपन्देही जिल्लामा अनिश्चनकालीन कर्फ्यू आदेश जारी गरिएको छ। मंगलबार जिल्लामा दिनभर तोडफोड र आगाजनी भएपछि प्रशासनले अनिश्चनकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेका अनुसार अर्को आदेश नभएसम्मको लागि रुपन्देही जिल्लाभर लागू हुने गरी कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आदेश जारी गरिएको बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।


