
कपिलवस्तु, २५ भदौ। कपिलवस्तु कारागारमा रहेका ४ सय ३१ कैदीबन्दीहरु कारागारको गेट तोडेर भागेका छन्।
बुधवार बिहान कारागारका २ ब्लकमा रहेका ४ सय ५९ कैदीबन्दीमध्ये ४ सय ३१ जना भागेको कारागारका कैदीबन्दी नाईके राजु तिवारीले बताए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

साथै, उक्त कारागारमा रहेका २८ जना कैदी वन्दीहरु भने कारागारबाट नभागेको उनले बताए ।
कारागारबाट भागेका कैन्दीबन्दीले जिल्ला अदालत कार्यालय पुगेर जिल्ला अदालत कपिलवस्तुमा तोडफोड र आगजनी गरेका छन्। आगजनीले मुद्दाका मिसिल तथा कागजपत्रहरु जलेका छन्। साथै अदालत परिसरमा रहेका सरकारी गाडी र मोटरसाईकलमा पनि तोडफोड तथा आगजनी गरिएको छ।
कारागारबाट भागेर गन्तव्य तर्फ जादै गरेका ६५ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले तौलिहवा आसपासका विभिन्न क्षेत्रबाट पक्राउ गरी पुनः कारागार प्रशासनलाई बुझाएको जिल्ला प्रहरी कार्यालयका कपिलवस्तसुका प्रहरी नायब प्रहरी उपरीक्षक रिपेन्द्र सिंहले बताए ।

