
काठमाडौं २५ भदौ। काठमाडौंस्थित महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ।
नेपाली सेना लगायत सुरक्षानिकायहरु परिचालन भएपछि बुधवार विभिन्न स्थानमा तोडफोड, अगाजनी, चोरी कार्यमा सलंग्न व्यक्तिहरुलाई धमाधम पक्राउ गर्न थालिएको छ।
Advertisement

Advertisement
Advertisement

डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० र अमेरिकी डलर २५ सय बरामद भएको सेनाले जानकारी दिएको छ ।
सेनाका अनुसार सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ।

