


भैरहवा,२८ भदौ। रुपन्देही प्रहरीले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा चोरी तथा लुटपाट भएका सरसामानहरु खरिद नगर्न अनुरोध गरेको छ। शनिवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विज्ञप्ती जारी गर्दै त्यस्ता सरसामानहरुको खरिद तथा सञ्चय गरेको पाइएमा कारवाही गर्ने जनाएको छ।
प्रहरीले सो सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा नजिकको सुरक्षा निकायमा सूचना दिन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन पनि अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा संलग्न समूहको सिसिटीभी फुटेज, तस्वीर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिंकहरु तपाईहरूसँग छ भने कृपया हामीलाई dporupandehi@nepalpolice.gov.np मा पठाई सहयोग गर्नुहुन अनुरोध गर्दछौं। तपाईहरुको गोपनीयता कायम रहनेछ।’
यो आग्रहले प्रदर्शनका क्रममा लुटपाट गर्ने दोषीहरुलाई कानुनको दायरामा ल्याउन प्रहरीले सक्रियता देखाएको छ।
हेर्नुहोस् विज्ञप्ती:


