


काठमाडौं,३० असार। प्रहरीले स्रोत नखुलेको साढे ७ लाख बढी रुपैयाँसहित तीान जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका-५ का १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो का २६ वर्षीय ऋषिकेश मिश्रा रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरुलाई ७ लाख ६६ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

