Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » कांग्रेस रुपन्देही–३ को ‘विशेष बैठक’ : के-के भयो निर्णय ?
    राजनीति

    कांग्रेस रुपन्देही–३ को ‘विशेष बैठक’ : के-के भयो निर्णय ?

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ आश्विन २, बिहीबार २३:०२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २ असोज । नेपाली कांग्रेस रुपन्देहीको क्षेत्र नम्बर ३ को ‘४०औं नियमित तथा विशेष बैठक’ ले विभिन्न निर्णय गरेको छ ।

    नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व र नेपाली कांग्रेसका जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा बसेको बैठकले जेनजी प्रदर्शनको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    साथै, केन्द्रिय सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा लगायत घाइतेहरुको स्वास्थ्यलाभको कामना गरिएको छ।

    त्यस्तै प्रदर्शनको क्रममा देशभर भएको सरकारी तथा निजी सम्पत्ति, नेपाली कांग्रेस पार्टी कार्यालय (भैरहवा, बुटवल, केवलपुर शुद्धोधन, सेमलार बुटवल), केन्द्रिय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणको निवास, सिद्धार्थनगरका मेयर इश्तियाक अहमद खाँनको निवास, व्यवसायिक प्रतिष्ठान तोडफोड, आगजनी लगायत घटनामा संलग्नको पहिचान गरी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ।

    साथै, बैठकले संविधानप्रति प्रतिबद्ध रहदै वर्तमान अप्रत्याशित प्रदर्शनबाट गम्भिर पाठ लिदै पार्टीलाई रुपान्तरणको बाटोमा अग्रसर गर्ने, नेतृत्वमा भएका कमीकमजोरी आत्माआलोचना सहित सुधार गर्नुपर्ने, सरकारको कार्यहरु गुण र दोषका आधारमा खबरदारी गर्ने, क्षति पुगेका पार्टी कार्यालयहरुको पुननिर्माण तथा सञ्चालन गर्ने, वर्तमान परिवेशलाई आत्मसाथ गर्दै तल्लो तहसम्म तहगत बैठकहरु राख्ने, आपसमा भएका मनमुटावहरुलाई बिर्सिएर नयाँ जोश, जाँगर र हिम्मतका साथ एकजुट भएर अघि बढ्ने निर्णय गरेको क्षेत्रीय सभापति गुरुङ्गले बताए ।

    बैठकमा नेपाली कांग्रेसका नेता तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाँगाई, सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खान, प्रदेश सदस्य रमेश खनाल, महासमिति सदस्य सुर्य नारायण यादव, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, बसन्तलाल कर्ण, महेन्द्र कुमार श्रेष्ठ, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, शुद्धोधनका सभापति दामोदर पौडेल, सियारीका सभापति गोपाल पाण्डे, क्षेत्रीय सहसचिव कुल प्रसाद न्यौपाने, क्षेत्रीय सदस्य केशव अधिकारी, सिद्धार्थनगर नगरपालिका वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, सिद्धार्थनगर नगरपालिका वडा नं. १२ का सभापति हरिराज विष्ट, तिलोत्तमा वडा नं. १४ का सभापति चुरामणी भूषाल, बुटवल उपमहानगरपालिका वडा नं. १७ का सभापति बाबुराम घिमिरे, तिलोत्तमा वडा नं. १४ का वडा अध्यक्ष नारायण ढकाल लगायतले जेनजी प्रदर्शनबाट पाठ लिदै वर्तमान चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने भनाई राखेका थिए ।

    नेपाली कांग्रेस क्षेत्र नं. ३ ‘ख’ का सभापति घनश्याम चालिसेको स्वागत, क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालको धन्यवाद ज्ञापन र क्षेत्रीय सचिव लेखनाथ भट्टराईको संचालनमा बैठक सम्पन्न भएको थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कांग्रेस बैठक जेनजी प्रदर्शन नेपाली कांग्रेस रुपन्देही कांग्रेस
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.