
भैरहवा,६ असोज। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले उपभोक्ताको हितलाई मध्यनजर गर्दै ‘दसैं सस्तो बजार’ संचालनमा ल्याउने भएको छ ।
असोज ८ देखि १२ गतेसम्म संघको भैरहवास्थित कार्यालय परिसरमा संचालन हुने बजारमा बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाँडाकुँडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहने बताइएको छ ।
Advertisement

Advertisement
Advertisement

संघका अध्यक्ष नेत्र प्रसाद आचार्यका अनुसार, बजारको मुख्य उद्देश्य आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवा एकै थलोबाट उपलब्ध गराउनु, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोगलाई प्रोत्साहन गर्नु, उपभोक्तामा उचित मूल्यबारे सचेतना बढाउनु, र दसैं, तिहार, छठ जस्ता पर्वहरुमा स्थानीय बजारलाई चलायमान बनाउनु रहेको छ।
उनले बजारमा ५० देखि ६० लाख रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको र उपभोक्ताको सहजताका लागि सिसिटिभी जडान तथा शुद्ध खानेपानीको व्यवस्था गरिने जानकारी दिए। बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुनेछ।
संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले दसैं सस्तो बजारमा बाहिरको बजारभन्दा केही प्रतिशत छुट प्रदान गरिने बताए।

