
भैरहवा, ९ असोज। रुपन्देहीको भैरहवामा ‘दसैं सस्तो बजार’ संचालनमा आएको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघले कार्यालय परिसरको भवनमा बुधवार देखि असोज १२ गतेसम्मका लागि ‘दसैं सस्तो बजार’ संचालनमा ल्याएको हो । पाँचदिनसम्म संचालन हुने बजारमा दैनिक उपभोग्य खाद्यान्न, भाडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका १४ वटा स्टल रहेको संघले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

संघका अध्यक्ष नेत्र प्रसाद आचार्यका अनुसार आम उपभोक्तालाई सस्तो, सुलभ र गुणस्तरीय वस्तु तथा सेवाहरु एकै थलोबाट उपलब्ध गराउने, स्वदेशी तथा स्थानीय उत्पादनको उपभोग प्रवद्र्धन गर्ने, उचित मूल्यबारे उपभोक्ता सचेतना बढाउने, उपभोक्तालाई सस्तो सामान उपलब्ध गराउनका लागि निःशुल्क स्टल उपलब्ध गराउने र दसैं, तिहार, छठपर्व लगायतका पर्वहरुमा स्थानीय बजारलाई सक्रिय बनाउने बजारको मुख्य उद्देश्य रहेको छ।
बजार बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म सञ्चालन हुने बताइएको छ।

