
भैरहवा, ९ असोज । रुपन्देही प्रहरीले सर्वसाधरणहरुका लागि ‘सेक्युरिटी एडभाइजरी’ जारी गरेको छ ।
बिहीवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरुबाट जोगिन १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’ जारी गर्दै सभ्य एवं सुरक्षित तरिकाले चाडपर्व मनाउन आग्रह गरेको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रहरीले घर, कोठा छाडेर जानपरे झ्याल ढोका बन्द गरी विश्वासिलो छिमेकीलाई जानकारी गराउन, व्यक्तिगत क्रियाकलाप सामाजिक संजालबाट प्रवाह नगर्नका साथै सामाजिक संचालनको प्रयोगमा सचेतना अपनाउन, घर टोलको सुरक्षाका लागि सबै मिलेर सिसिटभी, सेक्युरिटी साइरन लगायत जडान गरी सुरक्षाका उपायहरु अपनाउन लगायत आग्रह गरेको छ ।
साथै, सूचना, सहयोग र जानकारीका लागि कन्ट्रोल रुमको नम्बर १००, ९८५७०९०६२२, ९८५७०४९३४२ मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
पढ्नुहोस् प्रहरीले जारी गरेको ‘सेक्युरिटी एडभाइजरी’ :
- घर, कोठा छोडेर कहि कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसंग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी समेत गराऔं।
- आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटो सहितको अभिलेख राखौँ।
- बहुमुल्य गर/गहना लगाएर कुनै मेला पर्व तथा भिडभाडमा नजाऔंर जानै परेमा चनाखो रहौँ।
- भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा त्यस उपर ख्याल पुऱ्याऔं।
- यात्राको क्रममा कुनै अपरिचित मानिसहरुसंग धेरै घुलमिल भई व्यक्तिगत गोपनियता नखोऔं र उनीहरुले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखाऔं।
- सुन तथा डलर साट्ने नाममा तपाईलाई झुक्याउन सक्छन् । कुनै पनि कुराको लोभमा नपरौं र शंका लागेमा तत्काल प्रहरीलाई खबर गरौं।
- आफ्ना व्यक्तिगत क्रियाकलाप सामाजिक सञ्जालबाट प्रवाह नगरौं साथै सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाऔं।
- घर टोल सुरक्षाका लागि सबै मिली सिसिटिभी, सेक्युरिटी साइरन लगायत जडान गरी सुरक्षाका उपायहरु अपनाऔं।
- चाडपर्वको नाममा कानुनद्धारा प्रतिवन्धित जुवा, तास नखेलौँ र खेल्न नदिउँ ।
- पटाका, भुईचम्पा, आतिसबाजी लगायतका बिष्फोटक पदार्थले मानविय, भौतिक एवं वातावरणिय क्षति पुग्ने भएकोले यसको प्रयोग नगरौं।
- नशालु वा मादक पदार्थ सेवन गरी सवारी नचलाऔं।
- विभिन्न चिठ्ठाहरुको नामबाट ठगी भईरहेकोले त्यस्ता व्यक्ति तथा संस्थाहरुबाट सजक रहौं।
- कुनै पनि प्रकारको उश्रृङ्खल, अवाञ्छित तथा अपराधिक क्रियाकलाप नगरौं।
- अपराध नियन्त्रण तथा अपराध रहित समाजको निर्माणमा सदैव प्रहरीलाई सहयोग गरौं।
- सुचना, सहयोग र जानकारीको लागी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कन्ट्रोल रुम १०० वा ९८५७०९०६२२, ९८५७०४९३४२ नम्बरमा सम्पर्क गरौं।

