
काठमाडौं,१९ असोेज। वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बहिरिएको छ।
जल तथा मौसम विज्ञान विभागले आइतबार सूचना जारी गरेर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको जनाएको छ। तर, मनसुन नेपालबाट बाहिरिनसकेकाले अझै पनि वर्षा हुने सम्भावना रहन्छ।
Advertisement

Advertisement
Advertisement

बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको कारणले २०८२ असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरुमा भारीदेखि अति भारी वर्षा तथा कोसी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरुमा मध्यमदेखि अति भारी वर्षा मापन भएको छ।
अविरल वर्षाका कारण बागमती, त्रिशूली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरुमा जलसतहले सतर्कता तह पार गरेको र हाल घट्दो क्रममा रहेको अवस्था रहेको विभागले जनाएको छ।

