


काठमाडौं,२१ असोज। नेपालमा विदेशी पर्यटक आगमनको संख्यामा कमी आएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत अगष्ट महिनाको तुलनामा करिब दश हजारको संख्याले सेप्टेम्बर महिनामा पर्यटन आगमनको संख्यामा कमी आएको हो ।
बोर्डका अनुसार सन् २०२५ मा सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। गत वर्षको सेप्टेम्बर तुलनामा १८.३ प्रतिशतले पर्यटक अगामनमा कमी आएको छ। अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

गत अगष्ट महिनामा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए। बोर्डको तथ्यांक अनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलंकाबाट तीन हजार १५ र बंगलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन्।

