
काठमाडौं,२१ असोज। भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले फौजदारी कसुरमा अनुसन्धान र कारवाही गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने बताएको छ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले मंगलवार विज्ञप्ति जारी गर्दै असोज ९ को गृह मन्त्रालयको विज्ञप्तिमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
Advertisement

Advertisement
Advertisement

यसअघि गृह मन्त्रालयले जाँचबुझ आयोगले काम अघि बढाइसकेकाले भदौ २३ र २४ को घटनाबारे तत्काल अनुसन्धान अघि नबढाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो।
आयोगका सदस्य विज्ञानराज शर्माले जारी गरेको विज्ञप्तिमा फौजदारी कसूरमा संलग्न जो कोहीलाई नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने उल्लेख छ।


