


काठमाडौं,२३ असोज। काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेनजीमाथि धोका भएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा डा. निकोलस भुसाल, एसपी साह। सञ्जि दाहाल लगायत रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरु प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो।

