
काठमाडौं,२४ असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सक्कली जेनजीसँग सहकार्य गरेर नक्कली जेनजीहरु सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सम्पादकहरुसँग छलफल उनले जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय नै भएको र नेपालको आन्दोलनमा पनि देशी विदेशी शक्तिहरु सक्रिय भएको अनुभव आफूले गरेको बताए ।
Advertisement

Advertisement
Advertisement

‘जेनजी आन्दोलन अन्तर्राष्ट्रिय विषय भयो । विभिन्न देशमा चल्दै छ,’ उनले भने, ‘एक भारतीय बौद्धिकले जेनजी आन्दोलन चटपटे हो भने । राजावादीदेखि देशी विदेशीसमेत छन् । मलाई पनि त्यस्तै लाग्यो ।’
उनले २३ गतेको प्रदर्शनमा आन्तरिक र २४ गतेको प्रदर्शनमा बाह्य पक्षको मुख्य भूमिका रहेको पनि बताए ।

