Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रहिश खान : जसले प्रत्येक वर्ष उल्लासमय बनाउन चाहन्छन् भैरहवाको दीपावली
    समाचार

    रहिश खान : जसले प्रत्येक वर्ष उल्लासमय बनाउन चाहन्छन् भैरहवाको दीपावली

    भोली साँझ तिहार उत्सव कार्यक्रम
    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ कार्तिक २, आईतवार १५:०३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२ कार्तिक। दुई दशक अघि भैरहवामा दीपावली (तिहार) पर्वको रौनक छुट्टै थियो । सहर नै आर्कषक देखिन्थ्यो । सहरको विभिन्न स्थानको घर अगाडी लगाइने केराको बोट, लिपिएको आँगन, पालामा बलेको दीपले पुरै घर आँगन नै उज्यालो हुन्थ्यो । सांस्कृतिक झल्किन्थ्यो । सहर मनमोहक देखिन्थ्यो । भैरहवा लगायत वरीपरी क्षेत्रमा सांस्कृतिक कार्यक्रमहरु आयोजना हुन्थ्यो ।

    जहाँ आन्तरिक तथा बाह्य पर्यटक यहाँको दीपावली हेर्न झुम्मिन्थे । देउसी भैलो खेल्नहरु आगनमा आएपछि परिवारिक खुसी नै छुट्टै हुन्थ्यो (जुन अहिले पनि छ) । यहाँको दीपावली पर्वको तस्विर चर्चित क्यालेण्डरहरुमा प्रकाशित हुन्थे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    तर, मुलुकमा अपराधिक क्रियाकलाप बढ्दैसँगै समाजमा बढ्दो त्रासले दीपावलीको चमक र रौनक भैरहवाले गुमाउँदै गएको जानकारहरु बताउँछन् ।

    भैरहवाको त्यही दशकौं अघिको दीपावली (तिहार) को रौनकलाई आफ्नो स्मृतिमा कैद गरेका यहाँका युवा व्यवसायी रहिश खानले गुम्दै गएको भैरहवाको त्यो साखलाई फर्काउन निरन्तर लागेका छन् ।

    साउण्ड र संगित (म्युजिक) क्षेत्रमा भैरहवाको ब्राण्डको रुपमा स्थापित भएको युनिक साउण्डका संचालक समेत रहेका उनी विगत ९ बर्षदेखि व्यक्तिगत लगानीमा दीपावली उत्सवका कार्यक्रम गर्दै आएका छन् ।

    र, यस वर्षको तिहारमा पनि उनले कार्तिक ३ गते (भोली) साँझ भैरहवाको मिलनचोकमा युनिक दिपावली कार्यक्रमको आयोजना गरेका छन् । केही दिन अघिदेखि बैंक रोड, मिलनचोकको सडक क्षेत्र झिलीमिली पारिएको छ । जसले तिहारको अभास केही दिन अघिदेखि भएको छ । कार्यक्रमको तयारी पनि लगभग पुरा भएको छ ।

    ‘दीपावली (तिहार) हामी सबै नेपालीको पर्व र संस्कृतिक हो । यसको जर्गेना हामी सबैले गर्नुपर्छ’,उनले भने,‘आपसी सामाजिक सद्भाव र स्थानीय कलाकारको प्रबद्र्धनका साथै तिहारको अनुभूति गराउन एकल लगानीमा कार्यक्रम आयोजना गरेको हुँ ।’

    कार्यक्रममा नृत्य, गायन लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु समावेश गरिनेछन् । जसले स्थानीय तथा नवकलाकारहरुलाई आफ्नो प्रतिभा प्रष्टफुटन गर्ने अवसर समते हुने बताइएको छ ।

    आफुले गरेको कार्यक्रम एउटा कार्यक्रम मात्र नभई संस्कृतिकको जर्गेना गर्नुपर्नेका साथै भैरहवाको त्यही रौनकता साथको दिपावली (तिहार) मा फर्काउनमा सबैले आ-आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने सन्देश समेत दिन खोजिएको उनको भनाई छ ।

    यस पटक पनि बिगतमा जस्तै स्थानीय कलाकार संगै राष्ट्रिय कलाकारको प्रस्तुती हुने आयोजकले जनाएको छ । तर, विगतका वर्षहरु जस्तै कलाकारहरुको नाम आयोजनक गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छैन । र, कलाकारलाई सप्राईजको रुपमा सर्वसाधरण समक्ष प्रस्तुत गरिने बताइएको छ ।

    कार्यक्रमको उद्योग व्यापार संगठन रुपन्देहीले सहजीकरण र समन्वय गरेको छ । कार्यक्रम सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने बताईएको छ । तिहार उत्सवमा भैरहवाका साथै अन्य क्षेत्रहरुहरुबाट पनि सहभागिता हुने आयोजकले अपेक्षा लिएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    तिहार दीपावली भैरहवा रहिश खान
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.