
काठमाडौं,२७ असोज। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह र हामी नेपालका संयोजक सुदन गुरुङमाथि छानबिन हुनुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमामा उनले बालेनले विगतमा पनि सिंहदरवार जलाउने धम्की दिएको स्मरण गरेका छन्।
Advertisement

Advertisement
Advertisement

उनले भने, ‘सिंहदरवार जलाउनुपर्छ भन्ने मान्छेले आन्दोलनको आह्वान गरेको छ। ती व्यक्तिलाई आज हामीले छानबिनको दायरामा ल्याउने कि नल्याउने ? सुदन गुरुङले पनि खुलमखुला राष्ट्रपति र प्रधानमन्त्रीलाई चुनौती दिइरहेका छन्। अब पनि यो अराजकतालाई प्रहरी प्रशासनले कन्ट्रोल गर्दैन भने त्यसको जिम्मा नेविसंघले लिन्छ।’
उनले अराजकता मच्याउने र विद्यार्थीमाथि गोली ठोक्न आदेश दिनेहरुलाई कारबाही गर्न माग गरे। उनले ०४६ पछि सार्वजनिक पदमा बसेको सबैको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
पार्टीभित्र पनि वडादेखि केन्द्रसम्मका सबै नेताहरुको सम्पत्ति सार्वजनिक गर्नुपर्ने उनको माग छ। उनले घटनाको निष्पक्ष छानबिन गर्नको लागि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन हुनुपर्ने बताए।

