
काठमाडौं,२८ असोज। आइसीसी टी-२० टिमको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अक्टोबर १३ को अपडेट अनुसार १८ औं स्थानमा रहेको नेपाल वरीयतामा एक स्थान माथि उक्लिदै १७ औं स्थानमा पुगेको छ।
ओमानमा जारी आइसीसी टी-२० विश्वकप छनोटको खेल खेलिरहेको नेपालले आफ्नो अविजित यात्रा कायम राखेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

वरियतामा सुधार हुने अर्को महत्वपूर्ण पक्ष भने नेपालले ३ खेल सम्मेलित वेष्ट इन्डिजसँगको सिरिज २–१ ले जित्नु पनि हो। नेपालले पहिलो पटक टेष्ट राष्ट्रसँग सिरिज खेलेको थियो जसमा नेपालले जित निकालेको थियो।
नेपालले हाल आइसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर सिक्सको खेलमा लगातार २ जित दर्ता गरेको छ। नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रन र दोस्रो खेलमा कतारलाई ५ रनले हराएको हो।
नेपालले हराएको यूएई १६ औं स्थानमा तटस्थ रहेको छ। नेपालले हराएको अर्को राष्ट्र कतार २९ औं स्थानमा रहेको छ। अब नेपालले छनोट चरणमा आइसीसी वरियतामा ६४ औं स्थानमा रहेको समोआ र २० औं स्थानमा रहेको ओमानसँग खेल्न बाँकी छ।

