
काठमाडौं,२८ असोज। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११:३९ बजे भाइटीकाको साइत उत्तम रहेको छ।
Advertisement

Advertisement
Advertisement

उनले यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुने बताए। त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ। धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ। कात्तिक २ गते आइतबार काग तिहार परेको छ। यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।
कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। कात्तिक ३ गते सोमबार दिउँसो ०२:५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
समिति अध्यक्ष ढकालले औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४:२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ। शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ ।

