
भैरहवा, २९ असोज । रुपन्देहीमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जिल्लाको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बिहान ७ बजे देखि बेलुकी ९ बजेसम्म मात्र संचालन गर्न आग्रह गरेको छ।
Advertisement

Advertisement
Advertisement

चाडपर्वमा मनाउने नाममा कसैको ईच्छाविरुद्ध क्रियाकलापहरु तथा समाजमा अशान्ति एवं अशोभनिय क्रियाकलापहरु नगरी स्वतन्त्र र खुशीयालीपूर्वक चाडपर्व मनाउन प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले जारी गरेको सूचनामा पर्वमा जुवातास नखेल्न, पटक तथा आतसबाजी जस्ता विष्फोटक पदार्थहरुको आयात, ओसरपसार, विक्रीवितरण र प्रयोग नगर्न उल्लेख छ ।
कार्यालयले अखाद्य वस्तु, म्याद गुज्रिएको भाईमसला, प्लाष्टिकका फूलमाला आयात र प्रयोगका साथै विक्री वितरण नगर्न समेत सचेत गराएको छ ।
कसैले कानुन विपरित कार्य गरेको पाइएमा कारवाही हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
हेर्नुहोस् जारी गरिएको सूचना:


