


चितवन,२९ असोज। चितवनको रत्ननगर नगरपालिकास्थित उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ । साथै दुई जना घाइते भएका छन्।
किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जना मजदुरहरुको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किदा घटना भएको बताइएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका २ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ का ५४ वर्षीय रेशम दराई र रत्ननगर नगरपालिका १२ का ४५ वर्षीय कमल गुरुङछन् ।
उक्त घटनामा पर्सा जिल्ला घर भई रत्ननगर नगरपालिका १२ का ३९ वर्षीय जितेन्द्र महतो र सोही स्थानका ४० वर्षीय अंकजप्रसाद थारु घाइते भएका छन् । उनीहरु चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

