Close Menu
    What's Hot

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    अर्थ

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते0
    फोकस लुम्बिनी

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते0
    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
    मेन स्टोरी

    लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ आश्विन ३०, बिहीबार ११:४८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,३० असोज। शान्तिका अग्रदुत गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा ६७ देशका २ सय बढी सम्पदा विज्ञहरुको उपस्थितिमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ। प्रकोप, द्वन्द्व र शान्ति विषयलाई केन्द्रबिन्दुुमा राखेर युनेस्कोको सल्लाहकार निकाय सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा बुधबारदेखि वैज्ञानिक सम्मेलन सुरु भएको हो ।

    सम्मेलनको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गरे। यसअघि अक्टोबर ११ देखि सुरु भएको इकोमसको वार्षिक सभाको समापन तथा वर्षगाँठ उत्सव मंगलबार सम्पन्न गरिएको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    मन्त्री न्यौपानेले बुद्धजन्मस्थल लुम्बिनीमा विभिन्न देशका सम्पदा विज्ञहरुको उपस्थितिमा इकोमसको वार्षिकसभा र वैज्ञानिक सम्मेलन गरेकोमा धन्यवाद व्यक्त गरे। उनले शान्ति भूमि लुम्बिनीमा गरिएको सम्मेलनले विश्वभर नै नयाँ सन्देश दिन सफल हुने विश्वास व्यक्त गरे।

    शुभारम्भ कार्यक्रममा इकोमस अन्तर्राष्ट्रियका अध्यक्ष प्राध्यापक टेरेशा प्याटिसियो, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामा, युनेस्को नेपाल प्रमुख ज्याको दु टोयोट, सम्पदा विज्ञ कोष प्रसाद आचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त रजिष्टार डा. गितु गिरी, थाई विहार लुम्बिनीमा प्रमुख भन्ते फ्रा.राजबोधी सुफोथ, साँस्कृतिक सम्पदा विज्ञ काईवाईजे लगायले बोल्दै सम्मेलन मार्फत सम्पदा संरक्षणका उत्कृष्ट अभ्यासका अन्तर्राष्ट्रिय मापदण्डहरु निर्माणमा अग्रणी भूमिक खेल्ने विश्वास व्यक्त गरे।

    इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले सम्मेलनमा सहभागी अतिथि तथा विज्ञहरुलाई स्वागत गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा गरिएको वैज्ञानिक सम्मेलनले सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे।

    युनेस्कोको सल्लाहाकार निकायको रुपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरुको मूल्याङ्कन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ। कार्यक्रममा इकोमस इन्टरनेश्नलका सदस्यहरु सहित विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरु, अनुसन्धानकर्ताहरु तथा नीति निर्माताहरु, सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय पाहुुनाहरु सहित ६७ राष्ट्रका करिव ३०० स्वदेशी तथा विदेशी सहभागीहरु छन्।

    सम्मेलनमा विभिन्न विषयहरुमा प्राप्त २६० कार्यपत्रमध्ये छनोटमा परेका १९० वटा कार्यपत्रहरुको प्रस्तुतीकरण सहित छलफल हुने जनाइएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा भइरहेको सम्मेलनमा प्रकोप, द्वन्द्व र शान्तिसँगै सम्पदा संरक्षणका सन्दर्भमा विभिन्न सेसनहरुमा छलफल हुनेछ।

    कार्यक्रममा नेपालका तर्फबाट साँस्कृति सम्पदा व्यवस्थापनमा सक्रिय ज्ञानिन राई, डा. काई वाईजे, एनी जोशी, डा. ईनुु प्रधान सालिके, सृष्टिना श्रेष्ठ, देवेन्द्र भट्टराई सहित ईकोमस ईन्टरनेश्नलका सचिवालय सदस्यहरुले विभिन्न प्रस्तुती राख्नेछन्। प्रस्तुतीकरण सहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण गरी सम्मेलन अक्टोबर १९ तारिखमा घोषणापत्र जारी गरेर समापन गरिनेछ।

    कार्यक्रमको लुम्बिनी बौद्ध विश्वबिद्यालय, लुम्बिनी विकास कोष, पुरातत्व विभाग, लुुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साईट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिश काउन्सिल, अष्ट्रेलिया इकोमस, इकोमस चाइन लगायतले साझेदारी गरेका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    इकोमस ज्ञानिन राई लुम्बिनी लुम्बिनी विकास कोष वैज्ञानिक सम्मेलन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    २०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते

    पीएचपीमा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले बन्द गर्यो वेबसाइटसहितका सेवा

    २०८३ कार्तिक ७, शुक्रबार १८:३६ गते

    ‘विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक’

    २०८३ कार्तिक ७, शुक्रबार १८:०९ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.