


काठमाडौं,३० असोज। पूर्वमन्त्री गणेश शाहले नेकपा माओवादी केन्द्र छाडेका छन्।
माओवादी केन्द्र छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ ।’ उनी माओवादी केन्द्रको केन्द्रीय कमिटी विघटन हुनुअघिका सचिव हुन् ।

उनी पूर्वविज्ञानमन्त्री समेत हुन्। माओवादी केन्द्रमा एकता प्रक्रियामा आउनुअघि उनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)का महासचिव थिए।
उनले अब कुनै पनि पार्टीमा नलाग्ने बताए। उनले भने, ‘माओवादीमा मात्रै होइन, अब म कुनै पनि पार्टीमा रहन्न ।’
कमेन्ट गर्नुस्

