


भैरहवा, ९ कार्तिक ।रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालयले मंगलबार नगरमा स्थानीय विदा दिएकोे छ।
छठ पर्वको अवसरमा कार्यालयले विदा दिइएको जानकारी दिदैं आईतबार जारी गरेको सूचनामा भनिएको छ,‘लुम्बिनी साँस्कृतिक नगरपालिकाको बैठकको निर्णयअनुसार यस लुम्बिनी साँस्कृतिक नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक) तथा सम्पूर्ण शैक्षिक संस्थाहरुलाई कार्तिक ११ गते एक दिनका लागि स्थानीय विदा रहने …।’

साथै कार्यालयले पर्वलाई सभ्य, सुसंस्कृत र सुरक्षित तरिकाले मनाउन सम्पूर्ण नगरवासीमा अनुरोध गरेको छ ।

