

काठमाडौं,९ कार्तिक । प्रहरीको हत्या गरेको अरोपमा थप ६ जना पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असइ मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको हत्या गरिएको थियो ।
Advertisement

Advertisement
Advertisement
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाइएको छ।
यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चारजना होम प्रसाद पौडेल, टिकाराम विक, वुद्धिलाल तामाङ र युवराज क्यापछापीलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ।
कमेन्ट गर्नुस्





