


काठमाडौं,९ कार्तिक । प्रहरीको हत्या गरेको अरोपमा थप ६ जना पक्राउ परेका छन् ।
जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असइ मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङको हत्या गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाइएको छ।
यसअघि प्रहरी हत्याको आरोपमा पक्राउ परेका चारजना होम प्रसाद पौडेल, टिकाराम विक, वुद्धिलाल तामाङ र युवराज क्यापछापीलाई पूर्पक्षका लागि थुनामा पठाइएको छ।
कमेन्ट गर्नुस्

