

काठमाडौंं, २५ कार्तिक। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबा उर्फ भरत लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंले हाडनाता करणी मुद्दामा २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेपश्चात सजाए भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी छ ।
Advertisement

Advertisement
Advertisement
भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेका लामिछानेलाई नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्





