


काठमाडौंं, २५ कार्तिक। जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका कालीबाबा उर्फ भरत लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंले हाडनाता करणी मुद्दामा २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेपश्चात सजाए भुक्तानका लागि उनलाई कारागार चलान गरिएको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी छ ।

भदौ २४ गते कारागारबाट फरार भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो। पक्राउ परेका लामिछानेलाई नख्खु कारागार पठाइएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्

