


काठमाडौं,२६ कार्तिक। नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा.भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।
गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका शीर्ष नेतासँगको छलफलपछि रावल नेतृत्वको अभियान नेकपामा मिसिने निश्कर्षमा पुगेको हो।

नेकपाका नेता प्रकाश ज्वालाका अनुसार बुधवार रावल र एमालेका केन्द्रीय सदस्य प्रकाश शाह लगायतलाई पार्टीमा प्रवेश गराउने कार्यक्रम छ।
राष्ट्रिय सभागृहमा आयोजना गरिएको ‘बृहत् पार्टी समायोजन कार्यक्रम’मा प्रचण्ड, नेपल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले पार्टीबाट निस्कासन गरेको थियो। रावललाई नेकपामा छैटौं बरियता दिने सहमति भएको छ।
६ महिनाभित्र एकता महाधिवेशन गर्ने र पार्टीका दस्तावेज लेखनको नेतृत्व रावललाई दिने लगायतका समझदारी भएका छन्।

