
कालिकोट, २ मंसिर। कालिकोट जिल्लाको एक विद्यालयले संघीय अनुदानको शिक्षक पदका लागि १८ पटक दरखास्त आह्वान गर्दा समेत जनशक्ति पाउन नसकेको खुलेको छ ।
जनशक्ति नपाइएपछि नरहरिनाथ गाउँपालिका–७ उच्छव स्थित श्री रुपादेवी माध्यमिक विद्यालयले गणित विषयका शिक्षक लागि पुनः उन्नाईँसौ पटक दरखास्तका लागि आह्वान गरेको छ ।
Advertisement

Advertisement
Advertisement

विद्यालय व्यवस्थापन समितिको कात्तिक ३० को निर्णयअनुसार गणित विषयका माध्यमिक तहका एक जना शिक्षक आवश्यक भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट ७ दिनभित्र आवेदन दिन प्रकाशित विज्ञापनमा दरखास्तका लागि आह्वान गरिएको छ ।
विद्यालयले यसअघि १८ पटक विज्ञापन गर्दा पनि आवश्यक योग्यता पुगेको उम्मेदवार नआएको बताएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मनबहादुर विक र प्रधानाध्यापक दानबहादुर बुढाका अनुसार गणित विषयमा शिक्षक अभाव भएकाले विद्यार्थीको पठन–पाठन प्रभावित हुन थालेपछि फेरि दरखास्तका लागि पुनः विज्ञापन मार्फत आह्वान गर्नुपरेको हो ।


