


काठमाडौं,३ मंसिर। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइ गर्न माग गरेका छन्। रात राति पक्राउ गरेर सरकारले मानव अधिकारको उल्लंघन गरेको भन्दै अध्यक्ष ओलीले प्रसाईंलाई तुरुन्त रिहाइ गर्नुपर्ने माग गरे।
‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस्। बोल्नै नपाउने पनि हुन्छ ? बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर मानव अधिकार आयोगले समेत भनिसक्यो,’उनले भने। अध्यक्ष ओलीले दुर्गा प्रसाईंको पक्राउप्रति सरकारले जवाफ दिनुपर्ने बताए।

‘यो सरकारसँग सोध्न चाहन्छु, दुर्गा प्रसाईंलाई दिने जवाफ सरकारसँग छ कि छैन ? यतिकै पुलिस पठाएर समातेर हुन्छ ? गिरफ्तार गरेर मुख बन्द गराए समस्याको समाधान हुन्छ ? विहान समाते पनि हुन्थयो नि ? राति राति समात्ने? तमासा गरेर हुन्छ,’ उनले प्रश्न गरे।

