
काठमाडौं,८ मंसिर। निर्वाचनमा खर्च पारदर्शिता सुनिश्चित गर्न उम्मेदवारले अब छुट्टै बैंक खाता खोल्नु अनिवार्य भएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रस्ताव गरेको नयाँ निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था समावेश गरिएको हो।

आचारसंहिताको बुँदा नम्बर १६ मा निर्वाचन खर्च सम्बन्धी आचरण स्पष्ट गरिएको छ। जसअनुसार राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाताबाट मात्र वित्तीय व्यवस्थापन गर्नुपर्नेछ।
आचारसंहिताअनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा नै निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सो को स्रोत समेत खुलाउनु पर्ने हुन्छ। त्यसको खर्चका लागि छुट्टै खाता खोल्नुपर्ने आचारसंहितामा उल्लेख छ ।

