
भैरहवा, १६ मंसिर। लुम्बिनी प्रदेशसभा पूर्णता पाएको छ। एमालेकी समानुपातिक सांसद सरिता पुनको निधनपश्चात खाली रहेको सिटमा सोमबार रेवती गुरुङ नियुक्त भएपछि प्रदेशसभाको सदस्य संख्या फेरि पूरा भएको हो।
गुरुङले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरको उपस्थितिमा शपथ ग्रहण गरिन्। निर्वाचन आयोगले मंसिर ११ गते गरेको निर्णयअनुसार पुनको निधनले रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१० की ३२ वर्षीया पुनको भदौ १४ गते उपचारका क्रममा मृत्यु भएको थियो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनको निधनपछि समानुपातिक जारी सूचीअनुसार महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रममा रुपन्देही, देवदह–५ की गुरुङको मनोनयन भएको हो।
एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी उनी प्राथमिकता सूचीमा पहिलो स्थानमा परेकी थिइन्। प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ३० (२) र निर्वाचन नियमावली २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थान सूचीकृत क्रमअनुसार उम्मेदवार नियुक्त हुने व्यवस्था छ।

