


काठमाडौं,१७ मंसिर। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ ।
प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ।

शाक्यलाई ललितपुरको जावलाखेल भनिमण्डलबाट पक्राउ गरिको सिआईबीका प्रवक्ता एंव एसएसपी शिवकुमार श्रेष्ठले जनाए ।
सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत बैंकका उच्च अधिकारीहरुलाई पक्राउ गरिसकिएको छ ।
कमेन्ट गर्नुस्

