Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा पुगेर कार्यकर्ताहरुलाई अब्दुल खाँनले भने–चुनावी गतिविधिमा लाग्नुस्
    मेन स्टोरी

    भैरहवा पुगेर कार्यकर्ताहरुलाई अब्दुल खाँनले भने–चुनावी गतिविधिमा लाग्नुस्

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ मंसिर २६, शुक्रबार १४:०२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २६ मंसिर। नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपाने) का वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिदै गएकोले चुनाव केन्द्रीत गतिविधिमा लाग्न पार्टीका नेता तथा कार्यकताहरुलाई आग्रह गरेका छन्।

    शुक्रवार पार्टीका नेता तथा कार्यकताहरुसँग अन्तरक्रिया गर्न भैरहवा पुगेका उनले अगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचन हुनेमा कुनै शंका नरहेकोले चुनाव केन्द्रीत गतिविधि गर्न आग्रह गरे।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘जेनजीको आन्दोलन पश्चात गठन सरकारको म्याण्डेट नै चुनाव सम्पन्न गराउने हो। नेकपा एमाले पनि निर्वाचनमा सहभागी हुनका लागि तयारीका साथ दल दर्ता लगायतको प्रक्रिया पुरा गरेको अवस्था छ’,उनले भने, ‘केही दिन तलमाथी हुन सक्छ तर चुनाव निश्चित हुन्छ । जेनजी आन्दोलनको निश्कर्ष पनि चुनाव नै हो।’

    उनले जेनजी आन्दोलन विशुद्ध सुशासन, विकासका लागि भएको र परिवर्तनका लागि निर्वाचन अपरिहार्य रहेको तर पुनः सोही सांसद् (पुराना नेता) लाई नै मतदान गर्नु रगत बगाएका जेनजीहरु माथी धोका हुने टिप्पणी गरे।

    उनले नाउपाने समावेशिताको पार्टी भएको उल्लेख गर्दै नागरिकको पहिचान र सम्मान हुनुपर्ने पार्टीको स्पष्ट धाराणा रहेको बताए। पार्टीमा एकल नेतृत्व भएको अवस्थामा पार्टी गतिशिल हुन नसक्ने भएकोले ‘मल्टीलिडर’ नेतृत्व हुनुपर्ने आवश्यक रहेको बताए ।

    ‘पार्टीको कुनै कार्यक्रम गर्दा रेशमजीको मात्र फोटो हुनुभएन । स्थानीय नेताको पनि फोटो त्यहाँ राख्दिनुस न ! यसले पार्टीप्रति अपनत्व पनि बढाउँछ’, कार्यकर्तालाई उदाहरण दिदै उनले भने,‘त्यसैले म भन्छु एकल नेतृत्व हुनुहुँदैन, पार्टीलाई गतिशिल बनाउनुपर्छ । जसका लागि ‘मल्टीलिडर’ नेतृत्व हुनुपर्छ ।’

    उनले विकास, रोजगारीको मुद्दासहित नयाँ नेपालको अवधारण अन्र्तगत आफुहरु अघि बढेकोले सबै जात, धर्मलाई साथमा लिएर सामाजिक एकता कायम गर्दै अघि बढ्न आग्रह गरे। उनले जनताको मत लिन नसक्ने भए नेतृत्वमा कमी रहेको स्विकार गर्दै समिक्षाका साथ आत्मआलोचना गर्नुपर्ने बताए।

    नागरिक उन्मुक्ति पार्टीको संरक्षक रहेका रेशम चौधरीको अध्यक्ष रहेकी उनको श्रीमती रञ्जिता श्रेष्ठसँगको विवाद बढेपछि चौधरीले निर्वाचन आयोगमा पुनः पार्टीको संरक्षक रहेर नागरिक उन्मुक्ति पार्टी, नेपाल दल दर्ता भएको छ।

    कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्यहरु आसिन गुरुङ, रामु यादव, नन्दा चौधरी, किरन गुप्ता, रुपन्देही जिल्ला संयोजक विजय चौधरी, क्षेत्र नम्बर १ का इन्चार्ज रामकुमार कठरिया, युवा नेता मोहिबुद्दिन अन्सारी, पारस भार, उमा शंकर धरिकार, जाहिद अलि खान, विरेन्द्र कुमार धवल, धर्मेन्द्र लोध, रमेश यादव, अजिज अहमद, कैलाश यादव, प्रवेश कुमार लोध, राजुकमार वर्मा लगायतका नेता कार्यकता तथा शुभेच्छुकहरुको उपस्थिती थियो ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अब्दुल खाँन नाउपाने नागरिक उन्मुक्ति पार्टी नेपाल
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    सांसदकै कोठामा चोरी

    २०८३ कार्तिक १२, बुधबार १३:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.