
पाल्पा, २६ मंसिर। पाल्पाको निस्दी गाउँपालिका-४ चिउरीबासमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको । साथै, आठ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं डीएसपी होम प्रकाश चौधरीका अनुसार नवलपरासी पूर्व अरुणखोलाबाट पाल्पाको रामपुर नगरपालिका तर्फ गइरहेको लु १ ज ३९०८ नम्बरको जिप सडक करिब २ मिटर तल खस्दा दुर्घटना भएको हो ।
Advertisement

Advertisement
Advertisement

मृतक तीनै जनाको सनाखत नभएको र घाइतेहरुको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको उनले बताए। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

