

भैरहवा,४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिाने थुनामुक्त प्रक्रियाका लागि भैरहवा आउन लाग्दा मौसम खराबीका कारण काठमाडौंमै रोकिन पुगेका छन् ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीवार उच्च अदालत बुटवल तुलसीपुर इजालसका न्यायाधीशद्धय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले विभिन्न सर्तहरुसहित थुनामुक्त गर्न आदेश दिएको थियो ।
Advertisement

Advertisement
Advertisement
प्रक्रिया पुरा गरेर थुनामुक्त गर्न उनलाई काठमाडौंको नख्खु कारागारबाट विमानमार्फत जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउनका लागि ल्याउन लागिएको हो ।
तर, भैरहवामा मौसम खराबीका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा लामिछाने काठमाडौंमै रोकिएका छन् । मौसम खराबीका कारण विमानस्थल हालसम्म नखुलेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।
‘बाक्लो हुस्सु लागेकोले विमानस्थल बन्द हुँदा आज यहाँबाट विमान उडान–अवतरण सुरु भएको छैन’, उनले क्लिक लुम्बिनीसँग भने,‘मौसममा सुधार भएपछि विमानस्थल खुल्ला हुन्छ । जसका लागि केही समय लाग्न सक्छ ।’
उनका अनुसार विमानस्थल खुल्ला गर्नका लागि १८०० सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । जुन अहिले १२०० सय मिटर मात्र छ ।





